Shittalpati
रिब्दीकोटमा छोटा हात्ती गाडी दुर्घटना

पाल्पा, जिल्लाको रिब्दीकोट–४ सिलाङ्थोकमा छोटा हात्ती गाडी दुर्घटना भएको छ । आइतबार बिहान तानसेनबाट गुल्मीतर्फ जाँदै गरेको लु १ च ५८४८ नम्बरको तरकारी बोक्ने गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा परेर एक जना गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि मिसन अस्पतालमा पठाइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update