Shittalpati
कालिगण्डकी नदीमा एक पुरुष मृत भेटिए

पाल्पा,जिल्लाको रामपुर नगरपालिका ८ आपचौरस्थित कालिगण्डकी नदीमा एक पुरुष मृत भेटिएका छन् । स्याङ्जा गल्याङ नगरपालिका १ मालुङ्गाका ६० वर्षीय मानबहादुर विक शुक्रबार साझाँ कालीगण्डकी नदीमा मृत भेटिएका हुन् ।

चैत १ गते रम्भा गाउँपालिका १ हुँगीमा रहेका दाजुलाई भेटी विक घर जान हिडेका थिए । उनी दाजुको घरबाट फर्किए पनि लामो समय हुँदा समेत घर नपुगेपछि परिवार र छरछिमेकले खोजतलास गरेका थिए । खोजतलास गर्दै जाँदा रामपुरको आपचौरस्थित कालिगण्डकी नदीमा विक मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचाभैयाले बताए ।

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update