Shittalpati
रुपन्देहीबाट पाल्पा घुम्न आएकी १८ वर्षीया बालिकाको खोलामा  डुवेर मृत्यु

पाल्पा,रुपन्देहीबाट पाल्पा घुम्न आएकी १८ वर्षीया बालिकाको खोलामा डुवेर मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका –८ की १८ वर्षीया प्रसन्न पोखरेलको पाल्पाको तिनाउ गाउँपालिका –३ भूतखोलामा डुबेर मृत्यु भएको हो ।

शुक्रबार दिउँसो साथीहरुसँग घुम्न आएकी पोखरेल हातमुख धुने क्रममा खोलामा डुवेर बेपत्ता भएकी थिइन् । बेपत्ता उनलाई प्रहरी चौकी दोभानबाट गएको प्रहरी टोलीले खोजतलास गर्दा फेला पारेको थियो । प्रहरीले खोलाबाट बालिका पोखरेलाई उद्दार गरी प्रादेशीक अस्पताल बुटवल पठाएकोमा डाक्टरद्वारा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचाभैयाले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update