Shittalpati
तानसेनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पा, जिलाको तानसेन नगरपालिका–५ ढुङ्गाखानीस्थित तानसेन गुल्मी सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । तानसेनबाट हार्थोकतर्फ जाँदै गरेको लु १४ प ६८६४ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक रिब्दीकोट गाउँपालिका –४ भैरवस्थानका २० वर्षीय भरत गोदारको मृत्यु भएको हो ।

आइतबार राती भएको दुर्घटनामा परी गोदार घाइते भएका थिए । घाइते भएका उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल आफ्नो साइडमा सडकदेखि १५ मिटर तल खसेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचाभैयाले बताए ।

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update