Shittalpati
तानसेन–तम्घास सडकखण्ड १२ दिनसम्मका लागि रातिमा बन्द

पाल्पा, तानसेन–तम्घास सडक खण्ड १२ दिनसम्मका लागि रातिमा बन्द भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिकाको जोर्ते भीर क्षेत्रको कडा चट्टान काटी सडक स्तरन्नोती गर्ने कामका लागि फागुन २६ गतेदेखि चैत्र ७ गतेसम्मका लागि सडक बन्द गरिएको हो ।

जोर्ते भीर क्षेत्रमा तानसेन–तम्घास सडक विस्तार गर्न चट्टान काट्नुपर्ने भएकाले चैत्र ७ गतेसम्म राति १० बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले एक सूचना जारी गर्दै उक्त अवधिमा सडक विस्तारको काम हुने भएकाले रातको समयमा सवारी साधनहरु नचलाउन आग्रह गरेका छन् । सो क्षेत्रमा यसअघि पनि पटक पटक सवारी रोकेर सडक चौडा गर्ने कार्य गरिदै आइएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update