Shittalpati
सङ्खुवासभा दुर्घटना : मृतकको संख्या १४ पुग्यो, पाँच घाइते

भविन कार्की

खाँदबारी, सङ्खुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । मादी–६ को सातघुम्तीमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

आज बिहान ७ः३० बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । मृतकको पहिचान भइसकेको छैन । बस दुर्घटनामा परेका पाँच जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृतकबारे विवरण संकलन भइरहेको प्रहरीले बताएको छ । बस सडकबाट करिब ३०० मिटर तल खसेको छ । घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । –रासस

प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update