Shittalpati
तानसेनमा बस र स्कुटी एक आपसमा ठोक्किदा स्कुटी चालकको मृत्यु

पाल्पा, जिल्लाको तानसेन नगरपालिका ८ नयाँपाटी नजिकै बस र स्कुटी एक आपसमा ठोक्किदा स्कुटी चालकको मृत्यु भएको छ । आइतबार दिउँसो १ बजे बुटवलदेखि तानसेनतर्फ आउँदै गरेको लु २ ख ८३५ नम्वरको बस र विपरीत दिशाबाट जाँँदै गरेको लु ७७ प २२०२ नम्वरको स्कुटी एक आपसमा ठोक्किदा स्कुटी चालक माथागढी गाउँपालिका २ खहरेका २७ वर्षीय ऋषिकेश सारुको मृत्यु भएको हो ।

बसको ठक्करबाट घाइते भएका सारुको उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । बस र चालकलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक पचभैयाले बताए ।

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update