Shittalpati
रुपन्देहीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

पाल्पा, रुपन्देहीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–४ रन्यौरामा बिहीबार साँझ टिपरको ठक्करबाट साइकलमा सवार सैनामैना –७ देउपारकी २६ वर्षीया दिल कुमारी चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको साझा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । उसका अनुसार मृतक चौधरी, उनको श्रीमान २७ बर्षीय बद्री चौधरी र ४ बर्षीया छोरी जेनिसा चौधरी सवार साइकललाई लु २ ख ४३२६ नम्बरको टिपरले ठक्कर दिएको थियो । दुर्घटनामा आमा छोरी घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । घाइते आमा छोरीको साझा अस्पताल बुटवलमा उपचार भइरहेको छ । टिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update