Shittalpati
पाल्पाको रम्भामा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु

पाल्पा, जिल्लाको रम्भा गाउँपालिका १ पन्टारमा मोटरसाईकल दुर्घटना भएको छ । रम्भाको दमाइटोलबाट पन्टारतर्फ जाँदै गरेको लु ७९ प १०९८ नम्वरको मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक सोही ठाउँका ३३ वर्षीय पवन थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा थापा घाइते भएका थिए । घाइते थापाको उपचारका क्रममा आज विहान मृत्यु भएको हो । उनलाई लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार पछि बुटवल चौराहा रिफर गरिएको थियो । गम्भीर घाइते भएका थापाको उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचाभैयाले बताए । उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

गत आइतबार पनि रम्भा गाउँपालिका –१ हुँगीमा मोटसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको थियो । हुँगीस्थित कालीगण्डकी करिडोर सडक खण्डमा हुँगीबाट रामपुरतर्फ जाँदै गरेको लु ७ प ५०४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक रम्भा –१ असर्दीका १७ वर्षीय सन्दीप न्यौपानेको मृत्यु भएको थियो । दुर्घटनामा परी रामपुर नगरपालिका १० सिकोडाँडाका २५ वर्षीय उमाकान्त चापागाई भने घाइते भएका थिए ।

 

प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update