Shittalpati
रामपुरमा भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

पाल्पा, जिल्लाको रामपुरमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रामपुर ४ स्लामपुरको बाङगेपसलबाट सदावर्ततर्फ जाँदै गरेको प्रदेश ३०२–००८ प २९८५ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा रामपुर ४ भिमसेनटोलका ४२ वर्षीय प्रेमबहादुर सार्कीको मृत्यु भएको हो । रातीको समयमा मोटरसाईकल दुर्घटना भएको हो । दुर्घटनामा उनी सहित चालक रामपुर ५ बेझाडका ३५ वर्षीय जीवन श्रेष्ठ घाइते भएका थिए । घाईते दुवै जनालाई उपचारका लागि रामपुर अस्पताल पठाइएकोमा सार्कीलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । प्रहरीका अनुसार मृतक सार्की मोटरसाईकल पछाडी सवार रहेका थिए । मोटरसाइकल चालक श्रेष्ठ भने गम्भीर घाइते भएका छन् । उनको टाउको, हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते श्रेष्ठलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update