Shittalpati
अर्घाखाँचीमा असिनाले चुटेर बालकको मृत्यु

अर्घाखाँची, जिल्लाको शितगङ्गा नगरपालिकामा १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको छ । नगरपालिका–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको शनिबार राति परेको असिनापानीले चुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । सुस्त मनस्थितिका नेपाली शनिबार दिउँसो रजियाको रातामाटाको घरबाट हिँडेको र डोहोटेको कुँडुले जङ्गलमा बाटोको कुनामा मृत भेटिएका हुन् । बाक्लो असिनाले चुटेर नै बालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । रासस

प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update