Shittalpati
तानसेनमा ट्याक्टर र स्कुटर ठोक्किदा एकको मृत्यु

पाल्पा, तानसेनमा ट्याक्टर र स्कुटी ठोक्किदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । बुधबार दिउँसो तानसेन नगरपालिका –६ बर्तुङ्ग स्थित सडकमा तानसेनदेखि बुटवलतर्फ जाँदै गरेको लु ३ त ४६१५ नम्वरको ट्याक्टर र सोही दिशाबाट गएको लु ४४ प १६१९ नम्वरको स्कुटर ठोक्किन पुग्दा स्कुटरमा सवार महिलाको मृत्यु भएको हो ।

प्रहरी चौकी प्रभासका अनुसार स्कुटरमा पछाडी सवार रहेकी माथागढी गाउँपालिका –३ सराइकी ५५ वर्षीया कान्तिश्वरा गाहाँको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएकी उनको उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएकोमा मृत्यु भएको जनाइएको छ । स्कुटर मृतक गाहाका श्रीमान यमबहादुर गाहाले चलाएका थिए । श्रीमान गाहा भने सकुशल रहेको प्रहरी चौकी प्रभासले जनाएको छ । स्कुटर ट्याक्टरको पछाडीको ट्रलिमा ठोक्किन जाँदा पछाडीको टायरले कान्तिश्वरलाई किच्न गएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update