Shittalpati
आजदेखि सिद्धार्थ राजमार्ग दैनिक ८ घण्टा बन्द हुने

पाल्पा । आजदेखि सिद्धार्थ राजमार्ग दैनिक ८ घण्टा बन्द हुने भएको छ । सडक स्तरनोतिका लागि सडक विभागले आजदेखि १२ गतेसम्म दैनिक ८ घण्टा सडक बन्द गर्न लागेको हो । डिभिजन सडक कार्यालयले एक सूचना जारी गर्दै तानसेन–बुटवल सडकखण्डको घुम्ती कटान गरी सडक स्तरनोतिका लागि सडक बन्द गर्ने जनाएको छ । कार्यालयले दैनिक बाटो बन्द हुने तालिका समेत प्रकाशन गरेको छ । प्रकाशित सूचना अनुसार बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र राति ८ बजेदेखि ११ बजेसम्म सडक बन्द हुनेछ ।

प्रकाशित मिति: शनिबार, चैत १, २०७६  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update