Shittalpati
पाल्पामा आफ्नै शरीरमा मट्टितेल खन्याएर एक व्यक्तिले गरे आत्मदाह

पाल्पा, जिल्लाको माथागढी गाउँपालिका ३ मा एक व्यक्तिले आफ्नै शरीरमा मट्टितेल खन्याएर आत्मदाह गरेका छन् । माथागढी–३, सराईका ५६ वर्षीय तालबहादुर कामीले आफ्नै शरीरमा मट्टितेल खन्याएर आत्मदाह गरेका हुन् ।

उनले गत शनिबार मादक पदार्थ सेवन गरी आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाएका थिए । आगोबाट घाटीभन्दा तलको भाग पूरै जलेर गम्भीर घाइते भएका कामीको उपचारका क्रममा बुधबार युनाइटे मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैँयाले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update