Shittalpati
एकै ठाउँमा लगातार तीन सवारी दुर्घटना !

गुल्मी, एकै ठाउँमा लगातार तीन सवारी साधन दुर्घटनामा परेका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिकाको –३ गौडाकोट म्यालपोखरी स्थिती तम्घास रिडी सडक अन्र्तगत देउराली जङ्गलमा तीन दिनमा तीनवटा सवारी साधन दुर्घटनामा परेका हुन् ।

एकै स्थानमा निरन्तर सवारी दुर्घटना भएपछि यात्रुहरु आश्चार्यमा परेका छन् । शुक्रबार ग १ च ७५४७ नम्बरको बोलेरो जिप पल्टिएको थियो । त्यस लगत्तै अर्को दिन शनिबार तम्घासबाट यात्रु छाडेर पोखरा फर्किदै गरेको ग १ ज ५२८० नम्बरको अल्ट्रो कार दुर्घटनामा परेको थियो । यस्तै आइतबार पनि लु.२ ख २९८१ नम्बरको टिपर दुर्घटनामा परेको छ । तीन दिनमा तीनवटा सवारी साधन दुर्घटन भए पनि मानवीय क्षती भने नभएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी जवान विजय कुमार यादवले बताए । शितले सडक चिप्लो भएको र मोड भएको कारण दुर्घटना भएको बताइएको छ । - अनिल खत्री

 

प्रकाशित मिति: आइतबार, माघ २, २०७८  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update