Shittalpati
पाल्पाको हेक्लाङ्गमा जिप दुर्घटना हुँदा पाँच घाइते

पाल्पा, जिल्लाको पूर्वखोला गाउँपालिका ६ हेक्लाङ्गमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । सोमवार विहान हेक्लाङ्स्थित भित्री कच्चि सडकमा हेक्लाङ्गबाट तानसेनतर्फ आउदै गरेको लु १ ज २६०७ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार पाँच जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेहरुमा पूर्वखोला गाउँपालिका ६ हेक्लाङ्का ३० वर्षीय टेकबहादुर पल्ली, सोही ठाउँका २८ वर्षीय पूर्णबहादुर फाल, १९ वर्षीय चिरञ्जीवी सारु, २९ वर्षीय प्रेम सिंजाली र ४६ वर्षीया पबिसरा सारु रहेका छन् । घाइते मध्ये पूर्णबहादुर र चिरञ्जीवीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

जिप अनियन्त्रित भई बाटोबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि तानसेन मिसन अस्पतालमा ल्याइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update