Shittalpati
वालिङ जीप दुर्घटन: मृतकको संख्य ३ पुग्यो

स्याङ्जा, वालिङमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेकमो छ । आइतबार साँझ जीप दुर्घटनामा घाईते भएकी ४ वर्षीया करिष्मा थापाको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । यो सँगै दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ३ पुगेको हो ।

वालिङ बजारबाट गल्याङको पकवादीका लागि छुटेको ग १ ज ४९१८ नम्बरको जीप वालिङ १० मदिखोलामा दुर्घटना भएको थियो । दुर्घटनामा २ जनाको आइतबार नै उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा परी गल्याङ १० का ३२ वर्षीय गंगा पल्ली र ७७ बर्षका दल बहादुर पल्लीको मृत्यु भएको थियो । दुर्घटनाका घाईते मध्ये ३ जना डिस्चार्ज भएका छन् । अन्य १३ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भईरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update