Shittalpati
तानसेनमा टिपरको ठक्करबाट  श्रीमतीको मृत्यु, श्रीमान गम्भिर घाईते

रामचन्द्र रायमाझी
पाल्पा,जिल्लाको तानसेन नगरपालिका ७ लामिडाँडा स्थित सिद्धार्थ राजमार्गमा टिपरको ठक्करबाट मोटरसाईकलमा सवार एक महिलाको मृत्यु भएको छ । तानसेनबाट बुटवलतर्फ जाँदै गरेको लु ७ प ४३४ नम्वरको मोटरसाईकललाई सोही दिशादेखि जाँदै गरेको लु २ ख ३१७८ नम्वरको टिपरले ठक्कर दिदा तानसेन ७ का ५५ वर्षिया मधु श्रेष्ठको मृत्यु भएको हो । मोटरसाईकलको पछाडी बसेकी श्रेष्ठलाई टिपरले ठक्कर दिएपछि घाइते भएकी थिईन । घाइते उनलाई उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रवास लैजादै गर्दा बाटोमा मृत्यु भएको अस्पतालका डाक्टरहरुले घोषणा गरेका थिए । टिपरको ठक्करबाट मोटरसाईकल चालक तथा मधुका श्रीमान ६२ वर्षका हिमाल प्रसाद श्रेष्ठ घाईते भएका छन् । उनको अवस्था सिरियस रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको अहिले लुम्विनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको छ । टिपर र टिपर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले बताए ।


तानसेनमा दिनहुँ जसो दुर्घटना बढ्दै गएका छन् । चालकहरुको लापरवाहीका कारण तानसेनमा दिनहुँ दुर्घटनाहरु बढ्दै गएका हुन् । तीन दिनको अवधिमा तानसेनमा दुर्घटनाबाट तीन जनाले ज्यान गुमाएका छन् । स्मरण रहोस् गत मंगलबार तानसेन नगरपालिका हार्थोक सडक खण्डमा टिपर दुर्घटना हुँदा चालक नवलपरासी सुनवल नगरपालिका ३ का मधु मर्पाङ मगरको मृत्यु भएको थियो भने बुधबार तानसेन नगरपालिका –१४, अर्गलीस्थित पाल्पा–गुल्मी सडक खण्डको कुँडापानीमा जिप दुर्घटना हुँदा रुपन्देही सैनामैना नगरपालिका १ का ५५ वर्षकी धनकली विकको मृत्यु भएको हो ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update