Shittalpati
तानसेनमा जिप दुर्घटना, एकको मृत्यु १० घाईते


पाल्पा,जिल्लाको तानसेन नगरपालिका –१४, अर्गलीस्थित पाल्पा–गुल्मी सडक खण्डको कुँडापानीमा जिप दुर्घटना भएको छ । बुधबार अपराह्न १२ः ५० मा बुटवलबाट गुल्मीको शान्तिपुर तर्फ जाँदै गरेको लु १ ज १४२८ नम्वरको जिप दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने,१० जना घाईते भएका छन् । दुर्घटनामा रुपन्देही सैनामैना नगरपालिका १ का ५५ वर्षकी धनकली विकको मृत्यु भएको छ । उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभावमा लैजादै गर्दा बाटोमै मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

घाइते हुनेहरुमा रुपन्देही सैनामैना नगरपालिका १ का २४ वर्षिय सुरेस विक, सोही स्थानका २० वर्षिय रोसन विक, २१ वर्षिय सुवास विक, ४५ वर्षकी निना विक, गुल्मी चन्द्रकोट गाउँपालिका ५ का ५० वर्षका रामबहादुर थापा, गोरखा भिमसेन नगरपालिका ८ का २७ वर्षकी मुना भट्ट, रुपन्देही देवदह नगरपालिका १० का ३८ वर्षकी मनमाया सुनार, बागलुङ गलकोट नगरपालिका ८ का ४० वर्षकी जोनु सुनार, रुपन्देही सैनामैना नगरपालिका १ का ६५ वर्षका पदम बहादुर सुनार, बागलुङ बरेङ गाउँपालिका ५ का २४ वर्षका रेशम सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिप चालक दिपक सार्की भने सकुसल रहेका छन् । घाईतेहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते मध्ये मुना भट्ट, मनमाया सुनार, जोनु सुनार, पदमबहादुर सुनार र रेशम सुनाको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । जिप अनियन्त्रित भई सडकको नालीमा कोल्टे पर्न गएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए । तानसेनमा दिनहुँ जसो दुर्घटना बढ्दै गएका छन् । हिजो मात्र तानसेन नगरपालिका हार्थोक सडक खण्डमा टिपर दुर्घटना हुँदा चालक नवलपरासी सुनवल नगरपालिका ३ का मधु मर्पाङ मगरको मृत्यु भएको थियो ।

 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update