Shittalpati
अर्घाखाँचीमा भएको बस दुर्घटनामा एकको मृत्यु

अर्घाखाँची,  अर्घाखाँचीको शीतगंगा नगरपालिकामा शनिबार बिहान भएको मिनीबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ घाइते भएका छन् । काठमाडौँबाट सन्धिखर्क आउँदै गरेको बा३ख ८६३९ नम्बरको माइक्रोबस बिहान ५ बजेको आसपासमा शीतगङ्गा नगरपालिका वडा नम्बर ३ ठाडामा दुर्घटना भएको हो ।

दुर्घटनामा भूमिकास्थान–९ ढिकुराका सञ्जय विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अम्मर थापाले बताए । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । घाइते छ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको इलाका प्रहरी कार्यलय ठाडाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख थापाको भनाइ छ । –रासस

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update