Shittalpati
पाल्पामा टिपर दुर्घटना,चालकको मृत्यु

पाल्पा । जिल्लाको तानसेन हार्थोक सडक खण्डमा टिपर दुर्घटना भएको छ । तानसेन नगरपालिका ५ तिनलाकुरी स्थित तानसेन हार्थाेक सडक खण्डमा तानसेनबाट सर्देवा तर्फ ढुङ्गा लिन जादैँ गरेको लु २ ख १८५४ न. को खाली टिपर मंगलबार विहान दुर्घटना भएको हो ।

दुर्घटनामा परी टिपर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपर चालक नवलपरासी सुनवल नगरपालिका ३ का ३२ वर्षका मधु मर्पाङ मगरको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टिपर सडकदेखि तीन सय मिटर तल खसेको छ । के कति कारणले टिपर दुर्घटना भएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update