Shittalpati
गुल्मीमा करेन्ट लागेर एकको मृत्यु

गुल्मी,  जिल्लाको मदाने गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गाई चराउने क्रममा करेन्ट लागेर मदाने गाउँपालिका –२ सैरे बस्ने १८ वर्षीय बिक्रम राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार दिउँसो जंगलमा गाई चराउने क्रममा आफैले ओडेको छाताले बिजुलीको तार छोइएर करेन्ट लागेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update