Shittalpati
तानसेनमा घरको गारो भत्किएर १० वर्षीया बालिकाको मृत्यु

पाल्पा, जिल्लाको तानसेन नगरपालिका –५ कैलाशनगरमा घरको गारो भत्किएर १० वर्षीय बालिकाको ज्यान गएको छ । निरन्तर परेको अविरल वर्षाकाका कारण आफ्नै घरमा सुतिरहेको अवस्थामा घरको गारो भत्किएर नारायण दर्जीको छोरी नैना दर्जीको मृत्यु भएको हो ।

आज विहान दर्जीको १ तले ढुङ्गा माटोले बनेको कच्ची घरको पछाडीको गारो अचानक भत्किन गई बालिकालाई च्यापेको थियो । गारोले च्यापिएर घाइते भएकी उनको उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ । निरन्तर परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानहरुमा पहिरो गएर सडकहरु समेत अवरुद्ध बनेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update