Shittalpati
सिद्धार्थ राजमार्गको पहिरो हटाइदैं

पाल्पा, बिहिबार रातीदेखि परेको निरन्तर अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा गएका पहिरो हटाउने काम भइरहेको छ । तानसेन–बुटवल खण्डको हिउँदे खोलामा पहिरो जाँँदा अवरुद्ध भनेको सडकमा पहिरो हटाउने काम भइरहेको छ । सडक डिभिजन कार्यालयले डोजर लगाएर पहिरो हटाउने काम गरेको हो ।

उता रम्भा गाउँपालिका–३ सितापहाडमा सडक माथिबाट पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको थियो । सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पा राम्दी सडक खण्डको सितापहाडमा अहिले पहिरो हटाइएपछि एकतर्फी रुपमा सुचारु भएको छ ।

यस्तै राम्दी नजिकै जलविरेमा पनि सडक अबरुद्ध भएको प्रहरी चौकी राम्दीले जनाएको छ । सडकमा हिलो सहितको पहिरो झरेका कारण सिद्धार्थ राजमार्ग पूर्ण रुपमा अबरुद्ध भएको हो । पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यस्तै गुल्मीको रुरु गाउँपालिका–२ पोखरीबगरमा पनि पहिरो खस्दा रिडी–रुद्रबेनी सडकखण्ड अवरुद्ध भएको छ । सडक खुलाउने प्रयास भइरहे पनि निरन्तर पानी परिरहेकाले समस्या उत्पन्न भएको जनाईएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update