Shittalpati
गुल्मीमा दुई बेवारिसे शव फेला

रमेश विश्वकर्मा
गुल्मी,/जिल्लामा दुई बेवारिसे शव फेला परेका छन् । धुर्कोट गाँउपालिका १ नयाँ गाउँमा शुक्रत्रार बेवारिसे शव फेला परेको हो । साविकको नयाँ गाउँ गाविस १ स्थित अन्दाजी ७० बर्षीय वृद्धको शव फेला परेको वडा सदस्य चेतमान कुँवरले जानकारी दिए । शव अर्धनग्न अवस्थामा भेटिएको थियो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमको लागि तम्घास ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै सदरमुकाम तम्घासको बालमन्दिरमा पनि बेवारिसे शव फेला परेको छ । केही दिन अघि मन्दिर परिसरमा बेवारिसे अवस्थामा शव फेला परेको थियो । शवको अहिलेसम्म पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update