Shittalpati
सिद्धबाबा नजिकै जिप दुर्घटना, चार घाइते

पाल्पा, सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३ सिद्धबाबा नजिकै हेडबक्समा स्कार्पियो जिप दुर्घटना भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको बा १८च ७३३६ नम्बरको जिप आज विहान दुर्घटना भएको हो ।

दुर्घटनामा परी चार जना घाइते भएका छन् । घाइतेहरुको नाम ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सडक माथिबाट झरेको ठूलो ढुंगाले लागेर जिप सडकबाट सय मिटर तल तिनाउ नदीमा झरेको थियो ।

दुर्घटनामा परी घाइते भएका दुई जना गम्भीर छन् भने र दुई जना सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको छ । उनीहरु सबै झुम्साका रहेको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update