Shittalpati
पाल्पाको माथागढीमा ट्रक र कार ठोक्किदा चार घाइते

पाल्पा, जिल्लाको माथागढी गाउँपालिका–१, अगाहाखोलामा ट्रक र कार एकआपसमा ठोक्किदा चार जना घाइते भएका छन् । अगाहाखोला स्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरा जाँदै गरेको ना २ ख ८३९० नम्बरको ट्रक र विपरीत दिशाबाट आउदै गरेको ग २ च २०९४ नम्बरको कार एकआपसमा ठोक्किन पुग्दा ट्रकमा सवार चार जना घाइते भएका हुन् ।

दुर्घटनामा भारत मोतिहार पूर्वी चम्पार विहारका ४० वर्षीय जिपरुला अन्सारी, सोही स्थानका ३९ वर्षीय नाजिर अन्सारी, २९ वर्षीय गुल्सन अन्सारी र १५ वर्षीय मिराज अन्सारी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते मध्ये जिपरुलाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

घाइतेहरु सबैको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भईरहेको छ । ट्रक सडकदेखि एक सय मिटर तल खसेको जनाइएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update