Shittalpati
तानसेनमा सडक कालोपत्रे गर्दा गाडीमा आगलागी : दुई व्यक्ति घाइते

पाल्पा, ­तानसेनमा सडक कालोपत्रे गर्ने क्रममा गाडीमा आगलागी हुँदा दुई व्यक्ति घाइते भएका छन् । तानसेन नगरपालिका– ६ होलाङ्दी स्थित होलाङ्दी–ढुङ्गाखानी भित्री सडक खण्ड पिच गर्ने क्रममा लु २ क ४३६९ न.को डिष्ट्रिब्युटर सवारीमा आगलागी भएको हो ।

सडकमा अलकत्रा बिछ्याउने क्रममा अचानक गाडीमा आगो लागेपछि सोही स्थानमा लेवर काम गर्ने दुई जना व्यक्ति घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकमा लेवर काम गर्दैै आएका  ईस्मा गाउँपालिका –२ गुल्मीका २० वर्षीय बासु मुखिया र सोही ठाउँका २१ वर्षीय तेजबहादुर कुमाल घाइते भएका हुन् । घाइते मध्ये बासुको अवस्था सामन्य छ भने तेजबहादुरको मध्यम रहेको बताइएको छ । घाईते उनीहरुको युनाईटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार १३, २०७८  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update