Shittalpati
गुल्मीमा माछा मार्ने क्रममा डुबेर युवाको मृत्यु


गुल्मी,गुल्मीमा माछा मार्ने क्रममा एक जना युवाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका– ४ सिमाघाट खोलामा २१ वर्षका मदन घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।


शनिबार दिउँसो चिलदमाइ खोलामा माछा मार्ने क्रममा डुबेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धानको लागि प्रहरी निरिक्षक सन्तोष चन्दको कमाण्डमा ५ जनाको टोलि खटाएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । –अनिल खत्री

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update