Shittalpati
पाल्पामा ट्रक र मोटरसाइकल ठोक्किदाँ दुई घाईते

पाल्पा,  जिल्लाको तिनाउँ गाउँपालिका –३ झुम्सा स्थित सिद्दार्थ राजमार्गमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदाँ दुई जना घाइते भएका छन् । बुटवलदेखी तानसेनतर्फ आउदै गरेको लु १ क १३१५ नम्वरको मिनि ट्रक र विपरित दिशाबाट जाँदै गरेको लु ३२ प ७११४ नम्वरको मोटरसाइकल एकआपसमा ठक्कर खादा दुई जना घाइते भएका हुन् ।

दुर्घटनामा मोटरसाईकल चालक र पछाडी सवार एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेहरुमा मोटरसाइकल चालक रुपन्देही तिलोत्तमा नगरपालिका– ९ बस्ने ३७ वर्षीय बिष्णुहरी पाण्डे र पछाडी सवार रुरु गाउँपालिका– ५ बस्ने ३६ वर्षीय सीता पाण्डे रहेको प्रहरीले जनाएको छ । घाइते उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाईएको छ । घाइते मध्ये विष्णुको अवस्था गम्भिर रहेको जनाइएको छ । ट्रक र ट्रक चालक नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update