Shittalpati
पाल्पाको लघुवामा टिपर दुर्घटना: एकको मृत्यु, चार घाइते

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका –२ लघुवामा टिपर दुर्घटना भएको छ । लघुवा स्थित गुल्मी–पाल्पा सडक खण्डमा टिपरहरु एक आपसमा ठोकिँदा आइतबार विहान दुर्घटना भएका हुन् । बुटवलदेखी गुल्मीतर्फ सिमेन्ट बोकी जाँदै गरेको बा ४ ख ७३२० नम्वरको टिपरले सोही दिशातर्फ जादै गरेको प्रदेश ३–००१ क ०२५० नम्वरको टिपरलाई ठक्कर दिदा दुवै टिपर अनियन्त्रित भई सडक देखि २ सय २० मिटर तल खस्न पुगेका थिए । टिपर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा प्रदेश ३–००१ क ०२५० नम्वरको टिपर सह–चालक रुरु गाउँपालिका– २ गुल्मीका ४५ वर्षीय टंकबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको युनाइटेड मिसन अस्पतालमा उपचारका लागि लगिएकोमा डाक्टरहरुले मृत घोषणा गरेका हुन् ।

घाइतेहरुमा प्रदेश ३–००१ क ०२५० नम्वरको टिपर चालक रुरु गाउँपालिका– २ गुल्मीका ३८ वर्षीय अशोक कुवँर, सोही टिपरमा सवार रुरु २ कै ४२ वर्षीया रमा कुवँर, बा ४ ख ७३२० नम्वरको टिपर चालक काठमाडौं ललितपुरका २६ वर्षीय राजेन्द्र बजगाई, सोही टिपरका सह–चालक नवलपरासी सुनवल नगरपालिका ९ का २२ वर्षीय किसन कुवँर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरु मध्ये रमा कुंवर, राजेन्द्र बजगाईको अवस्था भने गम्भीर रहेको जनाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामेश्‍वर त्वाती जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update