Shittalpati
गुल्मीमा ट्रकले किचेर सहचालकको मृत्यु

गुल्मी,  गुल्मीमा ट्रकले किचेर सह–चालकको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका– २ , बाँझकटेरी पञ्चनपोखरामा ना २ ख ५७६५ नम्बरको ट्रकको पांग्राले किचेर अन्दाजी २० वर्षीय गगन घर्तीको शनिवार बिहान ९ बजे ज्यान गएको ईलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रमुख प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।

उनका अनुसार अनुसार अर्घाखाँचीबाट सडक निर्माणका सामग्री बोकेर आएको उक्त ट्रक ओरालोमा रोकिएको र सह–चालक घर्तीले पछाडी ओँट लगाउने क्रममा ट्रक व्याग गुड्दा उनलाई पाङ्गा्रले किचेको प्रहरीले जनाएको छ । ट्रक र चालक भने सुरक्षित रहेका छन् । मृतक घर्तीको घर प्युठानको स्वर्गद्धारी रहेकोे प्रहरी निरीक्षक रायमाझीले बताए ।

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update