Shittalpati
रामपुर दुर्घटना : मोटरसाईकलमा सवार ४ घाईते !

पाल्पा,जिल्लाको रामपुर नगरपालिका ८ एक्लेटारमा भएको दुर्घटनामा मोटरसाईकलमा सवार चार जना घाइते भएका छन् । शुक्रबार विहान कालीगण्डकी करिडोर अन्तर्गतको सडकमा ग १९ प ४०८८ नम्बरको मोटरसाईकल र लु १ च ५७२५ नम्बरको स्कार्पियो एक आपसमा ठोक्किन गई मोटरसाईकलमा सवार ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रामटारबाट रामपुरको बेझाँडतर्फ जाँदै गरेको मोटसरराईकल घुम्तीमा अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको स्कार्पियोमा ठोक्किन पुगेको थियो । दुर्घटनामा मोटरसाईकल चालक रामपुर नगरपालिका १० रामटारका २३ वर्षीय गोपाल श्रेष्ठ, मोटरसाईकलमा सवार सोही ठाउँकी ३० वर्षीया भिम कुमारी श्रेष्ठ र उनका छोराहरु १३ वर्षीय विपिन श्रेष्ठ र ५ महिने बालक विक्रम श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाईतेहरुलाई रामपुर अस्पतालमा उपचार पश्चात लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ । अहिले घाइतेहरुको अवस्था सामन्य रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रामेश्व त्वातीले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update