Shittalpati
गुल्मीमा गोरु काटेको आरोपमा तीन व्यक्ति पक्राउ

गुल्मी,गुल्मीमा गोरु काटेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका –२ पाटाखर्कका युवराज बोहोराको गोठमा बाँधिएका एक हल गोरु घन र धारीलो हतियारले हानेर मारेको आरोपमा स्थानीय दुई बालक सहित १९ वर्षीय लोकेन्द्र बोहोरलाई प्रहरीले पक्राउ गरेको हो ।

जेठ १६ गते राती घन र धारीलो हतियार प्रयोग गरी एक हल गोरु मारेको खबर थाहा पाए पछि जिल्ला प्रहरी कार्यालयको टोली स्थलगत अध्ययनको लागि त्यस स्थानमा पुगेको थियो । पक्राउ परेकाहरुलाई गोरु मारेर पित्त झिकेको आरोप लागेको छ । उनीहरुलाई अहिले तम्घास ल्याईदै गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना बारे थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक पुरुत्तम पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update