Shittalpati
सडक अवरुद्ध हुँदा संक्रमितलाई लिन गएको टोली रोकियो

स्याङ्जा, केही दिनदेखि लगातार परेको वर्षाका कारण वालिङ हुवास खण्डको वालिङ नगरपालिका– १४ स्थित पानी ट्याङ्कीमा सडक माथिबाट आएको पहिराले सडक अवरुद्ध भएको छ । पहिराका कारण सडक अवरुद्ध हुँदा कोरोना संक्रमित बिरामीलाई उपचारका लागि लिन गएका युवा बाटोमै रोकिएका छन् ।

हुलकाङस्थित फूलबारीमा कोरोना संक्रमणबाट बिरामी भएका एक पुरुषलाई उपचार गर्न अस्पताल पुर्‍ याउनका लागि लिन गएका वालिङ– ९ का विवेक पराजुली र १४ का याम लुइँटेल सडक अवरुद्ध हुँदा बाटोमै रोकिएका हुन् । वालिङ– १२ का युवा समाजसेवी राजु काफ्ले (ख्याम) ले बिरामी लिन गएका युवा सडक अवरुद्ध हुँदा समयमै बिरामी भएको स्थलसम्म जान नसकिएको र बाटो खुलाउनका लागि नगरपालिकामा खबर गरिएको जानकारी दिए । लगातार परेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडकका साथै बस्ती जोखिममा परेका छन् भने ग्रामीण सडकमा पहिरो जाँदा सवारी साधन चल्न सकेका छैनन् । –रासस

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update