Shittalpati
पाल्पामा ट्याक्टर दुर्घटना, एककोे मृत्यु

पाल्पा, जिल्लाको रम्भा गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ । बुधवार राती रम्भा गा.पा. ३ पिपलडाँडा स्थित कालीगण्डकी करिडोर जिरो कि.मि.बाट पिपलडाँडा तर्फ ढुङ्गा लिई जादै गरेको लु ३ त ६८९९ नं. को ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा परी एक जनाको मृत्यू भएको छ भने एक जना घाइते भएका छन् ।

ट्याक्टर अचानक सडक देखी अन्दाजी १०० मिटर तल खस्न जादा ट्याक्टरमा सवार बगनासकाली गाउँपालिका ६ का २२ वर्षीय जीवन न्यौपानेको घटनास्थलमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा रम्भा ३ का ४० वर्षीय हरी बस्याल घाईते भएका छन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभास उपचार भइरहेको छ । उनको अवस्था सामन्य रहेको अस्पतालले जनाएको छ । ट्याक्टर चालकलाइ नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update