Shittalpati
पाल्पाको तिनाउमा चट्याङ लागेर एकको मृत्यु

पाल्पा, जिल्ला तिनाउँ गाउँपालिका १ कचलमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय कर्णबहादुर उचईको घरमा चट्याङ पर्न जाँदा सोही ठाउँका १६ वर्षीय प्रेम बहादुर बगालेको शनिबार राती मृत्यु भएको हो ।


उनलाई उपचारको लागि लुम्बिनी मेडिकल केलज प्रभास पाल्पा ल्याईएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । चट्याङले लागेका अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा तिनाउ १ का १५ वर्षीया ईन्दिरा उचई र रैनादेवी छहरा गाउँपालिका– ४ घर भई हाल तिनाउ गाउँपालिका १ बस्ने १९ वर्षीय रामु गाहा घाइते रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लक्षमण पचभैयाले जानकारी दिए । उनीहरुको अवस्था मध्यम रहेको जनाइएको छ ।

 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update