Shittalpati
गुल्मीको सत्यवतीमा टेम्पो दुर्घटनामा १ को मृत्यु , ४ घाइते

गुल्मी , गुल्मीको सत्यवती गाउँपालिका ३ को क्वाङ्गखोलामा टेम्पो दुर्घटना भएको छ । लुप्पेकबाट सत्यवती मन्दिर दर्शनका लागि हिडेको लु २ स ००९९ टेम्पो क्वाङ्गखोलामा खस्न पुग्द दुर्घटना भएको हो । दुर्घटनामा एकको मृत्यु चार घाइते भएका छन् ।

दुर्घटनामा तारा राहादीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । संगीता राहादी, मिना राहादी, इन्द्रा तरामु र ज्ञान बहादुर तरामु घाइते रहेका छन् । घाइते उनीहरुलाई उपचारका लागि पाल्पा पठाइएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए ।
टेम्पो सडकदेखि २ सय मिटर तल खोलामा खस्न पुगेको वडा अध्यक्ष रुकवहादुर रानाले जानकारी दिए । गरेको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update