Shittalpati
प्यूठान जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

पाल्पा,प्यूठानमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । बुधबार विहान गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि हिडेको लु १ज १६५५ नं.को जीप प्युठानको रुमाले भन्ने स्थानमा दुर्घटना हुँदा थप ३ जनाको मृत्यु भएको छ ।
दुई जनाको घटनास्थलमा र तीन जनाको उपचारका क्रममा मृत्यु भएको भिङ्ग्री प्रहरी चौकीका प्रहरी नायब निरीक्षक बुद्धि रानाले जानकारी ।
दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित ५ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालयका ३६ वर्षीय कम्प्युटर अपरेटर सूर्य पन्थी, मुद्दा शाखाका ३६ वर्षीय ईश्वर भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा चालक गुल्मी मुसिकोट नगरपालिका .–३ का २२ वर्षीय केशव कार्की, स्याङ्जा घर भई हाल जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रशासकिय अधिकृत पदमा कार्यरत ३९ वर्षीय श्याम न्यौपाने, प्रशासनकै खरिदार यमलाल पन्थीको उपचारका क्रममा भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । नयाँ वर्षको अवसर पारेर जिल्ला प्रशासन कार्यालय गुल्मीका १४ जना कर्मचारी स्वर्गद्वारी दर्शनका लागि बुधबार बिहान हिडेको जनाइएको छ । घटनामा १२ जना घाइते छन् । घाइतेमध्ये गम्भीर दुई जनालाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको जनाइएको छ ।

घाइते हुनेहरुमा गुल्मी रेसुङ्गा नगरपालिका.–४ की २३ वर्षीया सुनिता कडेल,सोही स्थानकी २९ वर्षीया की बसन्ती पौडेल, ४ वर्षीया निकिता पौडेल,.३० वर्षीया गिता बोहरा, उनको १० वर्षीय छोरा अनिस मुखिय, गुल्मी चन्द्रकोट गाउँपालिका ८ की २४ वर्षीया तारा भण्डारी, सोही स्थानका ६ वर्षीय आशिष भण्डारी, गुल्मी मुसिकोट न.गरपालिका ६ का ३३ वर्षीय दिल बहादुर थापा, २७ वर्षीया कमला पन्थी (ज्ञावली , १२ वर्षीय सार्थक ज्ञावली ,प्यूठान माण्डवी गा.उँपालिका .३ का ३७ वर्षीय सञ्जिव परियार रहेका छन् ।

 

प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update