Shittalpati
गुल्मीको सत्यवतीमा टेम्पो दुर्घटना हुँदा ४ घाइते

पाल्पा, गुल्मीको सत्यवती गाउँपालिका ३ को क्वाङ्गखोलामा टेम्पो दुर्घटना भएको छ । लुप्पेकबाट सत्यवती मन्दिर दर्शनका लागि हिडेको टेम्पो क्वाङ्गखोलामा खस्न पुग्द दुर्घटना भएको हो ।
दुर्घटनामा चार जना जना घाइते भएको वडा अध्यक्ष रुकवहादुर रानाले जानकारी दिए ।उनका अनुसार टेम्पो सडकदेखि २ सय मिटर तल खोलामा खस्न पुगेको छ । घाईते चार जना मध्ये एक जनाको अवस्था गम्भीर रहेको वडा अध्यक्ष रानाले बताए । घाईतेहरुलाई उपचारका लागि पाल्पा तर्फ ल्याईदै गरेको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए ।

 

प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update