Shittalpati
गुल्मीबाट प्युठानको स्वर्गद्वारी हिडेको जीप दुर्घटना : दुईको मृत्यु

पाल्पा, गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि हिडेको जीप दुर्घटना भएको छ ।
बुधबार विहान स्वर्गद्वारीतर्फ हिडेको लु १ज १६५५ नं.को जिप प्युठानको रुमाले भन्ने स्थान नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
मृतकको सनाखत भने हुन सकेको छैन । जीपमा सवार १२ जनालाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा पठाइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । नयाँ वर्षको छुट्टी मनाउन भनि जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीहरू स्वर्गद्वारा गएको बुझिएको छ ।

 

प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update