Shittalpati
ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या छ पुग्यो

चितवन, पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा मजदूर बोकेको ट्याक्टर दुर्घटना हँुदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान उपचारका क्रममा थप एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा राप्ती नगरपालिका–४ का ४५ वर्षीय सूर्यबहादुर श्रेष्ठ रहेका छन् । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । आइतबार साँझ भएको ट्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खड्क लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ रहेका छन् । एक जना अन्दाजी २५ वर्षीय पुरुषको नाम थर ठेगना खुल्न सकेको छैन । थाकलटारबाट चिउँडेखोला तर्फ आउँदै गरेको ना १ त ६२८२ नं को ट्याक्टर अनियन्त्रित भई आम पानीस्थित चिउँडे खोलामा दुर्घटना भएको थियो । ट्याक्टर सडकबाट करीब २०० मिटर तल खस्दा सवार १८ जना घाइते भएका छन् । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको छ भने १० जनाको अवस्था मध्यम रहेको छ । एक जनाको अवस्था सामान्य छ । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । –रासस

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update