Shittalpati
बिहेको दाइजो छाडेर फर्कदै गरेको जिप निस्दीको विरकोटमा दुर्घटना, चार घाइते

पाल्पा, बिहेको दाईजो छाडेर फर्कदै गरेको जिप पाल्पाको निस्दी गाउँपालिका २ विरकोटमा दुर्घटना भएको छ । शनिबार विहान पोखरीछाँप नजिकै भित्रि कच्चि सडक खण्डमा बिरकोटमा बिहेको दाईजो छाडेर ज्यामिरेतर्फ फर्किदै गरेको लु १ ज १७६२ नं.को जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी चार जना घाइते भएका छन् । घाइते हुनेहरुमा निस्दी–७, बस्ने वर्ष २२ का रेवन आले, सोही स्थानका २१ वर्षका डिलबहादुर सारु, सोही स्थानकै २८ वर्षका चन्द्रसिंह सुनारीमगर र चालक पूर्वखोला–३, का ३७ वर्षीय शिशिर आचार्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिप सडकदेखि २५ मिटर तल खसेको थियो । प्रहरीका अनसार घाइतेमध्ये रेवन आलेको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको अहिले तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भईरहेको छ ।

प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update