Shittalpati
गुल्मीको भाडगाउँमा युवती मृत फेला

गुल्मी,जिल्लाको भाडगाउँमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । रेसुङ्गा नगरपालिका–३ स्थित भाडगाउँमा सोमबार बिहान युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । शवको यो समाचार तयार पार्दासम्म पहिचान खुल्न सकेको छैनन् ।

सोही गाउँमा गत माघ २९ गते रातिदेखि २१ वर्षीया सम्झना बोहरा बेपत्ता भएकी थिइन् । भेटिएको शव उनकै हुनसक्ने प्रहरीले आशंक गरेको छ । स्थनीय लालबहादुर खत्रीले घाँस काटने क्रममा शवको गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । डीएसपी पाण्डेका अनुसार बारीको कुनामा टाउको बोरामा राखेर स्याउला र ढुंगाले ढाकेको अवस्थामा युवतीको शव फेला परेको हो । शवको पोष्टमार्टपछि मात्र घटनाको विषयमा थाहा हुने प्रहरीले जनाएको छ । –पत्रकार अनिल खत्रीबाट

 

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update