Shittalpati
पाल्पामा जिप र मोटरसाईकल एक आपसमा ठोकिदा दुई घाइते

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका १ मंगलचोकमा जिप र मोटरसाईकल एक आपसमा ठोकिएका छन् । मंगलबार विहान मंगल चोक स्थित सिद्धार्थ राजमार्गमा रामपुरबाट तानसेन तर्फ आउदै गरेको लु १ ज ४१७८ नं. को जिप र बिपरित दिशाबाट जादै गरेको लु १७ प ५६२४ नं.को मोटरसाईकल ठोकिएका हुन् ।

जिप र मोटरसाईकल एक आपसमा ठक्कर खान जाँदा दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा मोटरसाईकल चालक पर्वत महाशिला गाउँपालिका १ होर्स¥याङ्दीका ४५ वर्षीय राज बहादुर राना र सोही मोटरसाईकल पछाडी सवार ४० वर्षीया गंगा राना घाईते भएका हुन् । घाईत उनीहरुलाई उपचारको लागि युनाईटेड मिसन अस्पताल पाल्पा पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुवैको अवस्था गम्भीर रहेको छ । जिप र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update