Shittalpati
गुल्मीमा आगलागी हुँदा आठ चौपाया मरे

गुल्मी,जिल्लामा आगालागीमा परी आठ चौपाया मरेका छन् । रेसुङ्गा नगरपालिका ५ खाम्सेपानीमा आगलागी हुदाँ आठ वटा पशु चौपाया मरेका हुन् । खाम्सेपानीस्थित कृष्ण बहादुर कुँवरको टिनले छाएको गोठमा गए राती आगलागी हुँदा पशु चौपया मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीबाट ३ पशु चौपाया समेत घाइते भएका छन् । आगलागीबाट मानविय क्षति भने भएको छैन । आगलागीका कारण भने खुलेको छैन । स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएपनि गोठ जलेर पूर्ण रुपले नष्ट भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update