Shittalpati
पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाईते

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६, चहलासिमलमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मंगलबार साँझ पराल बोकेर चहलातर्फ आउँदै गरेको लु ३ त ७१५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सह–चालक रैनादेवी छहरा–६, का १९ वर्षीय रमन भट्टराईको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइते हुनेमा रैनादेवी छहरा–६, का १६ वर्षीय रक्षा केसी, १५ वर्षकी समीक्षा केसी र १४ वर्षका विकास रायमाझी रहेका छन् । घाईतेहरू तीनै जनाको बुटवलस्थित तिनाउ मेडिकल हलमा उपचार भईरहेको छ । ट्याक्टर सडकदेखि १० मिटर तल खसेको र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update