Shittalpati
टिपरको ठक्करबाट पाल्पाका एक युवाको बुटवलमा मृत्यु

पाल्पा । टिपरले मोटरसाईकललाई ठक्कर दिँदा पाल्पाका एक युवाको बुटवलमा मृत्यु भएको छ । आइतबार दिउँसो बुटवलको नयाँ बसपार्कमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा पाल्पा निस्दी गाउँपालिकाका ३३ वर्षीय मानबहादर सोतीको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार सोतीलाई लु २ ख १९०५ नम्बरको टिपरले उनी सवार लु ११प ४२१६ नम्बरको मोटरसाईललाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । घाइते उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update