Shittalpati
तानसेन–बुटवल सडकखण्ड असोज २९ सम्मका लागि बन्द

पाल्पा । सिद्धार्थ राजमार्गमा पर्ने तानसेन–बुटवल सडकखण्ड आजदेखि असोज २९ गतेसम्मका लागि बन्द भएको छ । सिद्धार्थ राजमार्गको चिडियाखोलादेखी बर्तुङ सम्मका विभिन्न स्थानमा गएको पहिरो हटाउनका लागि सोमबारदेखि विहिबारसम्म दैनिक तीन घण्टा सडकमा सवारी आवागमन बन्द गरिएको हो ।

सडक डिभिजन कार्यालय, पाल्पाले एक सूचना प्रकाशित गरी हरेक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म सवारी आवागमन बन्द गरेर पहिरो हटाउन थालिएको जनाएको छ । आज तिनाउको अर्घाछाप र गौडेपुलमा पहिरो हटाउने काम भएको छ । बिहान ९ बजेपछि सवारी आवागमन भने खुला गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update