Shittalpati
गुल्मीमा ट्याक्टर दुर्घटना : एकजनाको मृत्यु

रमेश विश्वकर्मा
गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोमबार बिहान ६ बजेतिर जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा १ बलिथुम टापुबाट मजुवातर्फ जाँदै गरेको लु ४ त २८३३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही स्थानकै १५ बर्षीय धनबहादुर माझीको घटनास्थलमै मत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।

ट्याक्टर अनियन्त्रित भएर सडकभन्दा करिब २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ट्याक्टर चालक कपिलवस्तु घर भएका ३० बर्षीय रेशम ताम्राकार र गुल्मीदरबार गाउँपालिका १ का १५ वर्षीय लालबहादुर बुढा मगर घाइते भएका छन् । ताम्राकार र मगर दुवैको ढाडमा चोट लागेको र थप उपचारको लागि मजुवा पठाइएको पन्तले जानकारी दिए । घाइतेहरुको अवस्था भने सामान्य रहेको छ ।

प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update